अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसरी गरे भारतमा बनाइएको विश्व कै ठुलो क्रिकेट रंगशाला उद्घाटन (फोटो फिचर)

ग्रेटर नोइडा, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्वन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् । पूर्वराजदूतद्वय जितेन्द्र कुमार त्रिपाठी र अशोक साज्जान्हारले दुई देशको रणनीतिक सहकार्यमा ट्रम्पको भारत भ्रमणले प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ।

सन् २०२० देखि दुई देशको सम्वन्धमा उतार चढाव आइरहेको छ, ट्रम्पको अहिलेको भ्रमणले अमेरिकासँगको भारतको सम्वन्धलाई उचाईमा पु¥याउने देखिन्छ,” त्रिपाठीले एएनआईसँग भन्नुभयो । भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीका बीचमा रक्षा, उर्जा, ‘एच–वन बी–वन’ भिषा, भ्रष्टाचार नियन्त्रण र व्यापारलगायतका विषयमा छलफल हुने त्रिपाठीले अनुमान गर्नुभयो ।

अर्का पूर्व राजदूत अशोकले भने उहाँहरूका बीचमा रणनीतिक साझेदारीता, आतङ्कवाद, रक्षा आणविक उर्जा सहकार्य, इन्डो प्यासेफिक रणनीतिलगायतका बारेमा कुराकानी हुनसक्ने बताउनुभयो । तीव्र गतिमा विकास गरेको चीनलाई कसरी चुनौती दिने भन्ने विषयमा पनि उहाँहरुले महत्वका साथ छलफल गर्ने अशोकको बुझाई छ ।

चीनको वन बेल्ट वन रोड (ओविओआर) परियोजनाको विकल्पमा छुट्टै परियोजना आफुहरुले पनि ल्याउने र त्यसका लागि अमेरिका, भारत, जापान, अष्ट्रेलियालगायतका देशहरुका बीचमा गठबन्धन गराउने विषयमा पनि उहाँहरूले छलफल गर्नुहुन्छ जस्तो मलाई लाग्छ,” उहाँले भन्नुभयो । अफ्गानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने अमेरिकाको योजनाका बारेमा पनि ट्रम्प र मोदीले विचार विमर्श गर्नसक्ने उहाँले बताउनुभयो ।

व्यापार तर्फको विषयमा भने दुवै विज्ञले समान धारणा राख्नु भएको छ । उहाँहरुले यो भ्रमणबाट व्यापारको क्षेत्रमा केही सुधार भने अवश्य हुने अपेक्षा गर्नुभएको छ । तर अमेरिकी विदेश मन्त्रालयले शनिबार भ्रमण कार्यक्रमबारे दिएको जानकारीमा यस भ्रमणका अवसरमा दुई मुलुकबीच व्यापार सम्झौता नहुने तर यसका विविध क्षेत्रमा छलफल गरिने र निकट भविष्यमा सम्झौता गर्ने आधार तय गरिने बताइएको थियो ।

Loading...
प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १४:५०