डोल्पामा फैलिएको स्वास्थ्य समस्या कोरोना नभई मौसमी रुघाखोकी भएको पुष्टी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। तीन दिन अघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो। गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालकी डा.मेलिना हमालले जानकारी दिइन्‌।

शुक्रबार साझँमात्रै टेकुबाट ल्याब परीक्षणको रिपोर्ट आयो, रिपोर्टमा अरुबेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ। डा.हमालले भनिन्‌ सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरीनै रोग फैलिएको हो,त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने,पानी नउमालेर नखाने,जहाँ पायो त्यहि फोहोर गर्ने,हात नधोएरै खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएको पायौँ।

अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाई कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्ने लगाएतका स्वास्थसम्बन्धी धेरै कुराहरु सिकाएको डा.हमालले जानकारी दिइन्‌। बिरामीको अवस्था सुधार पाँच जना स्वास्थकर्मीले लेखनाथ आधारभुत बिद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्थामा सामान्य भएको छ। बिरामीहरु स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन्।

दैनिक औषधि खाएपछि आफुहरु पहिलाको जस्तै स्वस्थ भएको एकसातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए। सरसफाईमा ध्यान नदिँदा गाउँभरीका सबै मान्छे बिरामी परेको स्वास्थकर्मीले बताएकाले अबदेखि सधैँ आफु,आफ्नो परिवार, घर-आँगन,गाउँघर सफा राख्ने बोहोराले बाचा गरे। आफुहरु सञ्चो भएर पनि पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनले बताए।

दुईसाता देखि थला परेका रुघाखोकी,ज्वरो र पखालाका १ सय ५० जनाको नियमित उपचार गरेपछि बिरामीहरु सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा.मेलिना हमालले बताए। चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थकर्मीहरु फेरी गाउँ पुग्ने बताइएको छ। उपचारका क्रममा १ सय ५० जना बाहेकका ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या पनि देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा.हमालले बताइन्‌।

मास्क लगाउन सिकायौँ करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थकर्मीले बताएका छन्।त्यहाँका स्थानीयले रुघाखोकी लाग्दा मास्क लगाउनु पर्छ भन्ने थाहा त रहेछ,तर यस्तो अवस्थामा खोक्दा वा हाच्छिउँ गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो,डा. हमालले भनिन्‌। अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाच्छ्युँ गर्ने र सरफाइमा उत्तिकै ध्यान दिने,पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताइन्‌।

सरसफाइमा ध्यान नदिए झाडापखाला फैलने डर करेलीकाँडाका स्थानीयलाई सरसरफाई सम्बन्धि त्यति ज्ञान नभएको स्वास्थकर्मीले बताए। सरसफाईमा ध्यान नदिएकै कारणले एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभर नै मौसमी रुघाखोकीको फैलिएको उनीहरुको भनाई छ। आफुहरुले सरसरफाई सम्बन्धि धेरै कुराहरु सिकाएका छौं,यि कुराहरुलाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ,स्वास्थ चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भनिन्‌। स्वास्थ्य परीक्षण गराउँदै स्थानीय ।

Loading...
प्रकाशित मिति २४ फाल्गुन २०७६, शनिबार १२:१५