छिट्टै आईहाल्छु है भनी उपचार गर्न बुटवल गएका बाबु अब कहील्यै फर्कीदैनन बाटो हेर्दै बस्छन दुई छोरा

दिपक न्यौपाने। सैनामैना । चैत ६ गते बुवा विदेशबाट घर आउँदा भुईमा खुट्टा थिएन यी दुई भाईको । बुवा बाबुराम थापाले दुवईबाट चकलेट र नयाँ कपडा बोकेर आएका थिए । दाजु कुशल र भाई रिजन बाबु आए दिन अबेरसम्म पनि मुखले चकलेट चपाईरहे भने नयाँ कपडा पटक पटक सुम्सुम्याई रहे ।

तर, त्यो खुसी गत आईतबार एकैपटक चुँडीयो । छिट्टै आईहाल्छु है भनेर आफूलाई उपचार गर्न भनि बुटवल गएका बाबु फर्केनन् । ज्वरो आएर उपचार गर्न गएका बाबुको बुटवलको कोरोना विषेश अस्थाई अस्पतालमा निधन भयो ।

आईतबार दिउँसो आमा अत्तालिदैं अस्पताल जाँदा रुनमात्रै सकेका थिएनन् कुशल र रिजन । साँझ आमा रीता थापा रुदैं डेरा फर्कदाँ उनिहरुले बुझीसकेका थिए–‘अब हामी टुहुरा भयौं ।

कुशल ८ बर्षका भए । रिजन त्यो भन्दा १८ महिनाले मात्रै कान्छा हुन् । बाबुको मृत्यु भएपछि घरमा शव अझैं आईपुगेको छैन तर, यीनीहरुको भविष्य कता धकेलीने हो भन्ने अनिश्चीत भईसकेको छ ।

घरका मेरुदण्ड बाबुरामको कोरोना आंकामा अस्पतालमा राखिएपछि त्यहीँ मृत्यु भएको हो । अस्पतालको लापरबाहीले श्रीमानको निधन  भएको भन्दै श्रीमती रीताले छोराहरुलाइ कोखैमा राखी आजसम्म पनी श: ब उठाउन मानेकी छैनन् ।

पाल्पाको रिब्दिकोट कुशुमखोलाबाट १ बर्षअगाडी मुर्गीयाको सिसैडाडामा डेरा गरी छोराहरुलाई नै पढाउने भनेर झरेका थिए थापा दम्पती । मासीक ३ हजार भाडामा तिर्ने गरी एउटा किचन र रुम लिएर बसेकी रीताका दुइ छोरा नजिकैको प्रभात ईग्लिलिश बोर्डीङ स्कुलमा पढ्छन् ।

कक्षा १ पढ्ने कुशल र यूकेजीमा पढ्ने निरजको विद्यालयको फिस नतिरेकै एक बर्ष भईसकेको थियो । त्यसैमाथि परेको अर्को बज्रपातले बच्चाहरुको भविष्यलाई पुरै अनिश्चित बनाइदिएको छ ।

पती विदेशमा भएपनि उनले घर खर्च चलाउन स्थानीय पाउरोटी फयाक्टीमा काम गर्थिन् । दुई क खान र बच्चाहरुलाई बोर्डीङ स्कुलमा पढाउदा नै उनिहरुलाई हम्मे हम्मे परेको थियो । यसैमाथि केही जग्गा किन्दा लागेको ३ लाख रुपैंया क्रृणभार पनि अव उनकै थाप्लोमा आईपुगेको छ ।

रीताले गला अवरुद्ध पार्दै भनिन्,‘अर्को सालदेखि नै यीनीहरुलाई विद्यालय पठाउने उपाय देखेकि छैन अव । यो कस्तो समय हो मेरो । उनले थपिन्,‘जुन साहारा थियो त्यो नै चुडाईदिए । अब कसको शरणमा जाउँ ?

Loading...
प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार १९:३८