चट्याङ लागेर बाग्लुङमा एक जना युवाको मृ त्यु

बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृ त्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर उहाँसँगै २० वर्षीय रेश्मी भट्ट घाइते हुनुभएको छ । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर म रेको छ ।

Loading...
प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार १४:४२